काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनीले स्टक डिलरको अनुमति लिन भोलि बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिने भएको छ।

यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो। यो कम्पनी धितोपत्र बजारमा स्टक डिलरको प्रयोजनार्थ गत वर्ष नै स्थापित थियो। स्टक डिलरको अनुमति लिन भोलि बोर्डमा आवेदन दिइने कम्पनीका प्रबन्ध सञ्चालक इन्द्र कट्टेलले जानकारी दिए। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यो कम्पनीसँग स्टक डिलरका लागि सिफारिस लिन थप कागजात मौखिक रुपमा मागेको थियो। ‘सोहीबमोजिम हामीले नेप्सेमा थप कागजात पठाएका छौं’, उनले बिजशालासँग भने, ‘त्यहाँबाट सिफारिस प्राप्त भएलगत्तै हामी भोलि स्टक डिलरको अनुुमतिका लागि बोर्डसमक्ष आवेदन गर्दैछौं।’ 

आवश्यक तयारीका गरी नागरिक स्टक डिलर कम्पनीले साउनबाट बजार प्रवेश गर्ने योजना रहेको जनाएको छ।