काठमाण्डौ । बहुप्रतिक्षित नागरिक स्टक डिलर कम्पनी बजार प्रवेश गर्न ढिलाइ हुने भएको छ।
नागरिक लगानी कोषका सञ्चालक तथा नागरिक स्टक डिलर कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले डेटा सेन्टरको तयारी गर्न केही समय लाग्ने भएकोले बजार प्रवेश ढिलाइ हु्ने भएको जानकारी दिएका छन्। बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको पारामिटर र मापदण्ड अलिक कडा भएकाले डेटा सेन्टर बनाउने तयारीले गर्दा ढिलो भएको उनको भनाइ छ।
डेटा सेन्टर भाडामा राख्ने कि क्लाउडमा राख्ने भन्ने विषयमा छलफल भइरहेको कट्टेल बताउँछन्। ‘क्लाउड महँगो भएको र डेटा सेन्टर खरिदका लागि सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ’, उनले भने, ‘हामी एक हप्ताभित्र यो विषयमा निचोड निकाल्छौँ, अनिमात्र बजार प्रवेशका विषयमा स्पष्टता आउला।’
गत वर्षको माघमै नागरिक स्टक डिलर दर्ता प्रक्रिया अघि बढेको थियो। स्टक डिलरको लाइसेन्स लिन आवश्यक प्रक्रिया पनि भइरहेकै बेला कोभिड–१९ देखियो। कोभिड नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण नेप्से र नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्रक्रिया पनि प्रभावित बनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19