काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कोषको आइतबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्ष यही अवधिको तुलनामा २०.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कोषले १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कोषको खुद ब्याज आम्दानी बढेर ३ करोड १२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी २ करोड ५० लाख रुपैयाँमा सीमित थियो।
कोषको सेवा शुल्क तथा कमिसन आम्दानी पनि बढेर २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यस किसिमको आम्दानी गत वर्ष यही अवधिमा १९ करोड ९० लाख रुपैयाँमात्र थियो।
कोष ५ लाख रुपैयाँ विविध आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यो आम्दानी ३ लाख रुपैयाँमा सीमित थियो।
कोष कुल खर्च भने बढेर ६ करोड ६६ लाख रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा ६ करोड २९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा १ खर्ब ६४ अर्ब रुपैयाँ बढी कोषको उपयोग भएको छ। जब कि गत वर्ष यही अवधिमा १ खर्ब ४६ अर्ब रुपैयाँ बढीको कोषको उपयोग भएको थियो।
कोषको जगेडा कोषको आकार ७७.०७ प्रतिशतले बढेर ८ अर्ब २८ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जगेडा कोषको आकार ४ अर्ब ६७ करोड रुपैयाँको थियो।
समग्रमा समीक्षा अवधिमा १ खर्ब ६४ अर्ब रुपैयाँ बढीको कोषको स्रोत रहेको छ। गत वर्ष यही अवधिमा कोषको स्रोतका रुपमा १ खर्ब ४६ अर्ब रुपैयाँ बढी रहेको थियो।
कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३ रुपैयाँमा झरेको छ। गत वर्ष ईपीएस ३८ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ भने २३८ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19