काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले धितोपत्र दलाल सेवा प्रदान गर्न इच्छुक ब्रोकर कम्पनीहरुलाई सूची दर्ता गर्न आह्वान गरेको छ।

नागरिक स्टक डिलरले आज मंगलबार एक सूचना जारी गर्दै कम्पनीलाई आर्थिक वर्ष २०७७÷७८ का लागि धितोपत्र दलाल सेवा आवश्यक भएकोले स्वीकृति प्राप्त इच्छुक धितोपत्र दलाल सेवा प्रदायक कम्पनीहरुलाई सूची दर्ता गर्न आह्वान गरेको हो। सूची दर्ता गर्ने कम्पनीहरुको कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ। 

त्यस्ता कम्पनीहरुले आफ्ना प्रोफाइलसहित कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र, गत आर्थिक वर्षको कारोबार विवरण, विगत ३ वर्षको लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी सूची दर्ता गर्नुपर्ने छ। 

यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा नागरिक स्टक डिलरको काठमाण्डौ नयाँबानेश्वरस्थित कार्यालयमा सूची दर्ता गराइसक्नुपर्ने छ।