काठमाण्डौ । नागरिक लगानी कोषले २१.८५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले २१.८५ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको हो ।

बोनस सेयर र नगद लाभांश सम्बन्धी यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

हाल यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ९ सय भन्दा माथि छ ।