काठमान्डौ । बहुप्रतिक्षित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडले सेयर बजारमा लगानी गर्न थालेको खुलासा भएको छ।
कम्पनी स्थापना भएदेखि धितोपत्रमा लगानी गर्न सुरु गरिसकेको स्टक डिलरकै एक अधिकारीले खुलासा गरेका हुन्। यद्यपि ती अधिकारीले हालसम्म के–कति लगानी गरिसकेको भन्नेबारे भने खुलाएनन्।
त्यसो कम्पनी स्थापनाको हिजो पुस २८ गते एक वर्ष पुगेको छ। औपचारिक रुपमा सञ्चालनमा नआए पनि यो कम्पनीले हिजो प्रथम वार्षिक साधारणसभा आयोजना गरेको छ। कम्पनीको वार्षिक प्रतिवेदनले पनि ती अधिकारीको भनाइलाई थप पुष्टि गरेको छ। ‘हाल बजारमा आएको उत्तारचढावलाई अवसरका रुपमा उपयाग गर्न र आफ्नै प्रणली प्राप्त नभएसम्मका लागि कम्पनीले धितोपत्र दलाल सेवा प्रदायकहरुलाई सूचीकृत गरी सीमितमात्रामा कारोबार गरेको छ’, वार्षिक प्रतिवेदनमा उल्लेख छ।
बजारमा धेरैले अनुमान गरेजस्तै यसले पनि स्टक डिलरको धितोपत्र बजारमा काम गरिसकेको थप प्रस्ट हुन्छ।
कम्पनीको ५ अर्ब रुपैयाँ पुँजी रहेको छ। ‘कम्पनी स्थापना गरेर क्ुनै संस्था कार्यालय खोलेरमात्र बस्न सक्दैन’, ती अधिकारीले बिजशालासँग भने, ‘हाल कम्पनीको वेबसाइट बनि नसेकेको र छिट्टै बन्नेछ।’
पूर्ण अधिकार पाएसँगै छिट्टै कम्पनी नियम र प्रबन्धपत्रअनुसार ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी पनि स्टक डिलरले गरेको छ। हाल कम्पनीको पुँजी संरचनाअनुसार हाल कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिसत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत लगानी रहेको छ। बाँकी रहेको ३० प्रतिशत भने सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी कम्पनीले गरेको हो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago