काठमाण्डौ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कोष सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको बोनस सेयर र ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १०५.२६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कोषले जनाएको छ।