काठमाण्डौ । नागरिक लगानीकोषको रिक्त कार्यकारी निर्देशक पदका लागि अर्थमन्त्रालयबाट गठित सिफारिस समितिले अन्तिम ३ वटा नाम छनौट गरेको छ।

अर्थमन्त्रालयबाट गठित छनौट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस भएका नामहरुमा गुल्मी स्थायी ठेगाना भएका कपिलमणि  ज्ञवाली, मोरंगका रमण नेपाल र ललितपुरका शेषरमण आचार्य रहेका छन् । उनीहरु तीनैजना पूर्व बैंकर हुन् । 

ज्ञवाली राष्टिय वाणिज्य बैंक, नेपाल नेपाल राष्टबैंक र आचार्य कृषि विकास बैंकबाट रिटायर्ड हुन् । 

समितिले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि  छनौट भएका उम्मेद्वारहरुमध्ये शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसायिक कार्ययोजनाको मूल्यांकन, व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण, तथा अन्तर्वार्ता समेतको अंकको आधारमा उच्चतम अंक प्राप्त गर्ने यी तीनजनालाई छनौट गरिएको अर्थमन्त्रालयले प्रष्ट्याएको छ । 

केही दिनभित्रैमा सिफारिस भएका तीन नाममध्येबाट एकजनालाई मन्त्रीपरिषदले कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ । 

तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलको राजीनामासँगै नागरिक लगानीकोष नेतृत्वविहीन अवस्थामा छ ।