काठमाण्डौ । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिसअनुसार उक्त निर्णय भएको हो। आर्थिक वर्ष २०७८–७९को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो। यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका ७ वटा बचत कार्यक्रहरु मध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए।
अन्य ६ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19