काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा नयाँ पदाधिकारी चयन भएको छ ।

शुक्रबार भएको साधारणसभाबाट करण चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । तत्पश्चात आइतबार बसेको कार्यसमितिको बैठकले बरिष्ठ  उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो। 

बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । ४७औं साधारणसभाबाट विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद राखेको नाडाले बरिष्ठ अध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान राखेको छ । जसअनुसार अर्को कार्यकालमा गोल्छा स्वत : अध्यक्ष हुनेछन्
उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठ चयन भएका छन् ।

महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल रहेका छन् ।

त्यस्तै सचिवमा विक्रम सिंघानिया निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन् ।

सदस्यहरुमा सुनिल रिजाल, दीपेन्द्र कुमार मिश्रा, कपिल शिवाकोटी, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की र प्रकाश कपुरी साधारणसभाबाटै सदस्यमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसैगरी,सोही बैठकले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।