काठमाण्डौ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६३ लाखभन्दा बढीले घाटामा रहेको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमीटेड नाफामा जान थालेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी नाफामा जान थालेको देखिएको हो । यो अवधिमा कम्पनीको खूद नाफा ५ लाख ८० हजार हाराहारी देखिएको छ। 

कम्पनीको खातामा नियमित विद्युत बिक्रीबाट रकम भुक्तान हुन थालेपछि नाफा हुन थालेको देखिएको हो । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनी १ करोड १३ लाख विद्युत बिक्रीबाट आम्दानी गरेकोमा त्यो बढेर चालु आ.ब.को पहिलो त्रैमासमा २ करोड ६० लाख माथि पुगेको छ । 

अघिल्लो वर्ष १ करोड १० लाखमा सीमित ग्रस प्रफिट बढेर २ करोड ५४ लाखभन्दा बढी पुगेको समेत देखिएको छ। 

हाल ५४ करोड ४० लाख बढी चुक्तापूँजी रहेको यो कम्पनीको रिजर्ब १९ करोड बढीले नेगेटिभ छ । अघिल्लो वर्ष यही अवधिमा ११ करोड ८४ लाख बढीले नेगेटिभ थियो । 

नाफा हुन थालेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि धनात्मक बन्न थालेको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ०.११ रुपैयाँ देखिएको छ भने मूल्य आम्दानी अनुपात १९४९.०२ गुणा तथा प्रतिसेयर नेटवर्थ ६४.५३ रुपैयाँ रहेको छ।