LIC Nepal
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा खूद नाफातर्फ १०० प्रतिशतको छलाङ मारेको हो ।
अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले ४ करोड ९८ लाख खूद नाफा आर्जन गरेकोमा त्यो बढेर यो वर्ष ९ करोड ९८ लाखको उचाईमा पुगेको हो ।
कम्पनीले प्रिमियमबाट हुने आम्दानीमा पनि सन्तोषजनक प्रगति नै गरेको देखिएको छ । अघिल्लो वर्ष ५ अर्ब ७८ करोड प्रिमियमबाट आम्दानी गरेकोमा यो वर्ष ६ अर्ब ९५ करोड रहेको छ ।
पुनर्बिमा कमिसनबाट कम्पनीले १ करोड २९ लाख मात्र आर्जन गरेको छ । कम्पनीको जीवन बिमा कोष मात्रै ४० अर्ब ५८ करोडको उचाईमा पुगेको छ ।
कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ३३ करोड तथा जगेडामा ३६ करोड १२ लाख रहेको छ।
यो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९७ पैसा तथा प्रतिसेयर नेटवर्थ १३४.५८ रुपैयाँ रहेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष भन्दा सतप्रतिशत नाफा बढाए पनि चुक्तापूँजी अनुसार निकै न्यून नाफा रहेकोले इपीएस सामान्य रहेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19