काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तमा यो फन्डको न्याभ घटेर १०.७२ रुपैयाँमा झरेको हो। जेठमा न्याभ १०.७६ रुपैयाँ रहेको थियो।
आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार सूचीकृत सेयरमा लगानी पनि घटेर ५४ करोड १४ लाख रुपैयाँमा सीमित बनेको छ। जेठमा सूचीकृत सेयरमा ५६ करोड २१ लाख रुपैयाँ लगानी थियो।
असार मसान्तसम्म यो फन्डअन्तर्गत विभिन्न औजारमा कुल ७४ करोड ३० लाख रुपैयाँ लगानी भएको छ। जेठसम्म यस्तो लगानी ७५ करोड ५१ लाख रुपैयाँ रहेको थियो।
फन्डले असार मसान्तसम्म ७ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ। जेठ महिनामा नाफा ७ करोड ६२ लाख रुपैयाँ नाफा रहेको थियो।
कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको यस फन्डले १० वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, ५ वटा लघुवित्त, ३ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी, ८ वटा सामूहिक लगानी कोष, एउटा जलविद्युत कम्पनी र २ वटा फाइनान्स कम्पनीमा लगानी गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19