– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार अनुभव र अध्ययन दुवैले काम गर्ने ठाउँ हो। यहाँ अरुको अनुभवबाट पनि ठूलो ज्ञान मिल्ने गर्छ। अरुको देखासिखी गरेरमात्रै बजारमा पस्नु हुँदैन।
त्यसैले आज हामीले एक महिला लगानीकर्ताको अनुभवलाई हाम्रा पाठकसामु पस्किने कोसिस गरेका छौँ। लकडाउनपछि सेयर बजारमा धेरै महिला तथा गृहिणीहरु बजार पसेका छन्। खासमा आफ्ना छोराछोरीलाई स्कुल पठाएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काम गर्न मिल्ने भएकोले सेयर बजारलाई नै आफ्नो मुख्य पेसा बनाउनेको संख्या अहिले सेयर बजारमा धेरै छ।
पोखराबाट सेयर कारोबार गर्ने लक्ष्मी खड्का विगत ३ वर्षदेखि सेयर बजारमा सक्रिय छिन्। सेयर बजारमा ११०० को इन्डेक्सबाट बजार पसेकी लक्ष्मी आफूले मिश्रित अनुभव गरेको बताउँछिन्।
आफू पसेपछि बजार राम्रै बढेको र नाफा पनि राम्रै भएको लक्ष्मीको अनुभव छ। ‘लगानी पनि राम्रै गरेकी थिएँ’, लक्ष्मी भन्छिन्, ‘बजारमा बुल आउँदा साह्रै रमाइलो भएको थियो। त्यतिबेला योजस्तो गज्जब केही रहेनछ भन्ने लाग्यो।’
त्योभन्दा पहिले लक्ष्मीलाई ‘बुल’ र ‘बियर’को खासै अनुभव थिएन। उनलाई अहिले आएर बजार बढ्दा कागजमा मात्रै हेरेर बस्नु् नहुने रहेछ भन्ने लागेको छ। ‘आफ्ना आवश्यकताहरु पूर्ति गर्न बजार बढेको समयमा सेयर बेच्न पनि सक्नुपर्ने रहेछ’, उनी भन्छिन्, ‘खासगरी बजार बढेको समयमा आफ्नो लगानी झिकेर नाफाको रकममात्रै बजारमा छोड्दा धेरै राम्रो हुने रहेछ। किनकि बजार घटे पनि यसले खासै तनाव हुँदैन।’
यद्यपि यसो गर्न नसेकोमा भने लक्ष्मीलाई केही पछुतो रहेको छ। खासमा यसपालिको बुल फुत्किएको उनको बुझाइ छ। ‘तर, पनि दीर्घकालको लगानीका लागि भने राम्रा कम्पनीमा लगानी गर्न उपयुक्त हुन्छ’, उनले भनिन्।
सेयर बजार आम्दानीको राम्रै क्षेत्र रहेको र आफू आशावादी भएको लक्ष्मीको भनाइ छ। उनको विचारमा सेयर बजारमा धैर्यता आवश्यक हुन्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago