काठमाण्डौ । लगातार ३ दिन बढेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन भएको छ।
बजारमा आज १६.१४ अंकको करेक्सन भएको हो। योसँगै नेप्से परिसूचक १९२२.१६ को विन्दुमा ओर्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५० अंकले घटेर ३७९.४३ को विन्दुमा झरेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर ८९ करोड रुपैयाँ बढीको भएको छ।
बजार जानकार प्रकाश रजौरे आजको घटाइलाई नाफा बुक भएको बताउँछन्। ‘अहिले बजार निकै न्यून विन्दुमा, कम्पनीहरुका सेयरभाउ निकै घटेको छ’, उनले भने, ‘त्यसैले अहिले लगानी गर्ने बेला हो।’
चुनावी महौल पनि बन्दै गएको र ४६ वटा ब्रोकर खुलेमा अर्बौं पैसा बजारमा आउने भएकोले बजार आगामी दिनमा सकारात्मक नै बन्ने रजौरे बताउँछन्।
सक्रिय लगानीकर्ता कमलराज अधिकारी पनि बजार १८०० विन्दु नै न्यून विन्दु भएको बताउँछन्। ‘पछिल्लो ३ दिन बढेकोको बजारमा आज नाफा बुक गर्दा करेक्सन भएको हो’, उनले भने।
आगामी साताबाट बजार सकारात्क नै रहन सक्ने अधिकारी बताउँछन्। ‘अहिले अल्पकालका लागि भन्दा पनि दीर्घकालका लागि लगानी गर्दा उपयुक्त हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह ०.०२ प्रतिशत र निर्जीवन बीमा समूह ०.०१ प्रतिशतको बढोत्तरी भएको छ।
आज जलविद्युत समूह सर्वाधिक १.३७ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.२२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८३ प्रतिशत, व्यापार समूहमा १.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, विकास बैंक समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत, लघुवित्त समूहमा १.०९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७७ प्रतिशत र लगानी समूहमा ०.६४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २७ लाख ६७ हजार ५३९ कित्ता सेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन एभरेस्ट बैंकको सर्वाधिक ४ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गरिमा विकास बैंकको संस्थापक समूहको सेयरको ३ करोड ६० लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ३ करोड ४५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड १७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको २ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २ करोड ६८ लाख रुपैयाँ, रिडी पावरको २ करोड ५९ लाख रुपैयाँ र नेपाल टेलिकमको २ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
आज विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago