काठमाण्डौ । सेयर बजारमा बुधबार भारी गिरावट आएको छ। 

बजारमा आज ३९.१५ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १९१७.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले घटेर ३७६.५३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार केही दिन बढेकोले करेक्सन भएको बताउँछन्। ‘यो नितान्त नाफा बुक हो’, उनले भने। 

लघुवित्त संस्थाको वित्तीय विवरण सन्तोषजनक नरहनुले पनि बजार प्रभावित भएको घिमिरेको तर्क छ। ‘राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको ब्याजमा नियमविपरीत बढी लिएको रकम फिर्ता गर्न भनेका कारण पनि बैंकहरुको नाफा प्रभावित भएको हो’, उनले भने। 

आजको मात्रै घटाइले डराइहाल्नुपर्ने अवस्था भने नरहेको घिमिरे बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ४.७३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.१८ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०३ प्रतिशत, व्यापार समूहमा ०.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०६ प्रतिशत, जलविद्युत समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६७ प्रतिशत, अन्य समूहमा २.३५ प्रतिशत, लघुवित्त समूहमा २.६९ प्रतिशत, जीवन बीमा समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३१ प्रतिशत र लगानी समूहमा २.७९ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँ किनबेच भएका छन्। 

यो दिन नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ६ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ५ करोड १० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख रुपैयाँ, रिडी पावरको ४ करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ३ करोड ५२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ३ करोड ३७ लाख रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्तको ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज अप्पर हेवाखोला जलविद्युतको सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन एक्सेल डेभलपमेन्ट बैंक र गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो दुवैको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।