काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)मा नयाँ कार्यसमिति चयन भएको छ। 

बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट नाफिजमा मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो। १३ सदस्यीय कार्यसमितिमा महासभाले ७ पदाधिकारी र ४ सदस्य निर्वाचित गरेको छ। कार्यसमितिले बाँकी २ सदस्यको मनोनयन गर्नेछ।

महासभामा निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो। यसअनुसार नाफिजको अध्यक्षमा नेपालका मोदनाथ ढकाल निर्वाचित भए। 

यस्तै उपाध्यक्षमा परमेश्वर अधिकारी र मेनुका कार्की निर्वाचित भएका छन्। 

यसैगरी महासचिवमा नवीन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्विरोध निर्वाचित भए। 

यस्तै सदस्यमा निकेश खत्री, विजय पराजुली, सबिना कार्की र राजाराम न्यौपाने विजयी भए।