काठमाण्डौ । सक्रिय आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले ६ वटा विधागत समिति गठन गरेको छ। 

नाफिजको गतिविधिलाई थप चुस्त–दुरुस्त बनाउन विभिन्न विधागत समिति गठन गरिएको हो। जसअनुसार बैंक तथा बीमा समिति, अर्थ वाणिज्य तथा कृषि समिति, पर्यटन तथा प्रविधि समिति, विकास तथा पूर्वाधार समिति, पुँजीबजार समिति र श्रम तथा उपभोक्ता समिति गठन गरिएको नाफिजले जनाएको छ। 

बैंक तथा बीमा समिति संयोजकमा सोमनाथ बास्तोला र सदस्यहरु सन्तोष रोकाया, मनोज रेग्मी, प्रमिला खतिवडा, परिवर्तन देवकोटा र रिना खत्री चयन भएका छन्।

अर्थ वाणिज्य तथा कृषि समिति संयोजकमा रोबिन पौडेल र सदस्यहरु अनिष मिजार, सुमित्रा कार्की, आरिष्मा मोक्तान, सीता श्रेष्ठ र सीआर भण्डारी चयन भएका छन्।

पर्यटन तथा प्रविधि समिति संयोजकमा सुधीर भण्डारी र सदस्यहरु सुरेश बिडारी, वसन्त अर्याल, युवराज बस्नेत, रुपा घिमिरे र प्रयास श्रेष्ठ चयन भएका छन्।

विकास तथा पूर्वाधार समिति संयोजकमा गोपालचन्द्र सुवेदी र सदस्यहरु निर्दोष घोरासैनी, मिलन विक, पुजा चन्दरा, प्रशन्न ढुंगाना र सम्झना घिमिरे चयन भएका छन्।

पुँजीबजार समिति संयोजकमा राजु श्रेष्ठ र सदस्यहरु तीर्थराज पौड्याल, सुधा देवकोटा, दिपेश घिमिरे, शिव धिताल र नवीन पोखरेल चयन भएका छन्।
श्रम तथा उपभोक्ता समिति संयोजकमा सीता शर्मा र सदस्यहरु सुरेन्द्र बजगाई, शुक्र गिरी, उर्वशी बस्न्यात, अनिल अधिकारी र शकुन्तला जोशी चयन भएका  छन्।

नाफिज कार्यसमितिका गतिविधिलाई थप प्रभावकारी बनाउन विषयगत रुपमा दैनिक रिपोर्टिङ गर्ने सदस्यहरुको उक्त समितिले उत्कृष्ट भूमिका खेल्ने अपेक्षा राखिएको छ।