काठमाण्डौ । सक्रिय आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आइतबार दुईवटा विधागत समिति गठन गरेको छ।
नाफिजको गतिविधिलाई थप चुस्त दुरुस्त बनाउन विभिन्न विधागत समिति गठन गरिने नीतिबमोजिम आइतबार बैंक तथा बीमा समिति र अर्थ वाणिज्य तथा कृषि समिति गठन गरिएको हो। जसअनुसार बैंक तथा बीमा समिति संयोजकमा सोमनाथ बास्तोला र अर्थ वाणिज्य तथा कृषि समितिमा रोबिन पौडेललाई चयन गरिएको छ।
बास्तोला संयोजकत्वको बैंक तथा बीमा समिति सदस्यहरुमा सन्तोष रोकाया, मनोज रेग्मी, सम्झना घिमिरे, परिवर्तन देवकोटा र रिना खत्री सदस्यमा चयन भएका छन्।
यसैगरी पौडेल नेतृत्वको अर्थ वाणिज्य तथा कृषि समितिमा अनिष मिजार, सुमित्रा कार्की, आरिष्मा मोक्तान, सीता श्रेष्ठ र सीआर भण्डारीलाई सदस्य छन्।
नाफिज कार्यसमितिका गतिविधिलाई थप प्रभावकारी बनाउन विषयगत रुपमा दैनिक रिपोर्टिङ गर्ने सदस्यहरुको उक्त समितिले उत्कृष्ट भूमिका खेल्ने अपेक्षा राखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19