citizen life insurance
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढको शहिदचोकमा नयाँ शाखा बिस्तार गरेको छ ।
सोमबार (वैशाख १७ गते) कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले शाखाको उद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।
योसँगै हाल कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवनबीमा सेवा केन्द्रहरुमार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना समेत प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट सेवा प्रवाहको लक्ष्य राखेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago