काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डरहरुलाई होटेल स्टार चितवन प्रालिले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटेल स्टारका अध्यक्ष भेषराज दुवाडीले हस्ताक्षर गरेका छन्। नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड होल्डरहरुले होटेल स्टारको सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्नेछन्। 

बैंकले विभित्र बचतकर्ता, सेयरधनीलगायत अन्य सरोकारवालालाई बिभित्र मापदण्डका आधारमा विशेषाधिकार कार्ड उपलब्ध गराउने र सो कार्डका आधारमा स्टार होटेलबाट लिने सेवामा छुट लिन सक्नेछन्। 

यस सम्झौताबाट बैंक तथा होटेल दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने विश्वास बैंकले लिएको छ।