काठमाण्डौ । सरकारले खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै अस्पतालहरुलाई खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। केही अस्पतालहरुले खोप लगाएको प्रमाणीकरण गर्दा शुल्क असुलेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।
वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्नेहरुलाई कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि गत साउन ७ गते मन्त्राललय (सचिवस्तर) को निर्णयअनुसार खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन भएको थियो।
हाल सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप लगाएको प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ।

2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19