– रेखा चन्द
काठमाण्डौ । सेयर बजारमा हालसम्मकै उच्च विन्दुबाट १३०० भन्दा बढी अंकको गिरावट आइरहेको छ। पछिल्लो १४ महिनाभन्दा बढीको समयावधिमा बजारमा यतिधेरै अंकको गिरावट आएको हो।
नेप्से परिसूचकले २०७८ भदौ २ गते हालसम्म उच्च ३१९८.६० को विन्दु चुमेको थियो। नयाँ रेकर्ड बनाएको बजार नियामक निकायहरुको नीतिगत व्यवस्थाका कारण प्रभावित बन्न पुग्यो। आज दोहोरो अंकको सुधार आएको बजार १८७४.८७ विन्दुमा बन्द भएको छ।
पछिल्लो १४ महिनामा दोस्रो बजारमा कारोबार भइरहेका प्रायः सबै कम्पनीको सेयरभाउ ह्वातै घटेको छ।
पछिल्लो १ वर्षको तथ्यांक केलाउने वाणिज्य बैंकहरुको सेयरभाउमा भारी गिरावट आएको छ। लगानीका लागि अत्यन्तै कम जोखिम क्षेत्र मानिएका वाणिज्य बैंकहरुमध्ये अधिकांशको सेयरभाउ उच्च विन्दुमा कायम मूल्यभन्दा आधाभन्दा बढीले घटेको छ।
अहिले केही वाणिज्य बैंकको सेयरमूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा मुनि झरिसकेको छ। अधिकांश बैंकको सेयर प्रतिकित्ता २०० रुपैयाँदेखि ३०० रुपैयाँको बीचमा पाइन थालेको छ।
नेप्से परिसूूचकसँगै कारोबार रकम पनि सुुस्त भएको छ। कुनै बेला २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा हाल १ अर्ब रुपैयाँको कारोबार पनि हुन छाडेको छ। लगानीकर्ताहरु पनि बजार थप घट्ने डरले सेयर खरिद गर्न हच्किरहेका छन्।
वाणिज्य बैंककै कुरा गर्ने हो भने पहिलेको तुलनामा अहिले धेरै कम भाउमा लगानीकर्तालाई खरिद गर्ने अवसर रहेको छ। अहिले सेयर बिक्रीभन्दा पनि खरिद गर्ने बेला रहेको बजार जानकारहरु बताउँछन्।
आजको बढाइले बजार अब विस्तारै माथि जाने संकेत मिलेको बजार जानकार निमानन्द कँडेल बताउँछन्। ‘अहिले सबै कम्पनीको सेयरमूूल्य धेरै घटिसकेको छ’, उनले भने, ‘त्यसैले अहिले बिक्रीभन्दा पनि खरिद गर्ने अवसर छ। राम्रा कम्पनीहरुमा लगानी गर्ने हो भने उचित प्रतिफल प्राप्त गर्न सकिन्छ।’
अधिकांश कम्पनीको सेयरभाउ घटेकोले अहिलेको अवस्थामा दीर्घकालीन लगानी गर्ने अवसर रहेको लगानीकर्ता विश्वराम ढकाल बताउँछन्। ‘बजार धेरै घटेकोले अब बढ्ने सम्भावना छ’, उनले भने, ‘यस्तो बेला राम्रा र सस्ता कम्पनीहरुको सेयर उठाएर राम्रै नाफा आर्जन गर्न सकिन्छ।’
नेप्सेमा अहिले २५ वाणिज्य बैंक सूचीकृत छन्। मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका १० बैंकमध्ये ८ बैंकको सेयर कारोबार रोक्का छ। सेन्चुुरी कर्मसियल बैैंकलाई प्राप्ति गर्न लागेको प्रभुु बैंक र सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हिमालयन बैंकको सेयर कारोबार भने खुला नै छ। अन्य मर्जर प्रक्रियामा रहेको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू, कुमारी बैंक र एनसीसी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का छ।
पछिल्लो एक वर्षमा सेयर कारोबार रोक्का रहेका बैंकहरुबाहेक प्रतिशतका आधारमा प्राइक कर्मसियल बैंकको सेयरमूल्य सबैभन्दा धेरै ५२.७२ प्रतिशतले घटेर आज प्रतिकित्ता २२६.९० रुपैयाँ कायम भएको छ। गत वर्ष आजकै दिन यो बैंकको सेयरभाउ प्रतिकित्ता ४८० रुपैयाँ थियो।
दोस्रोमा नबिल बैंकको सेयरभाउ सबैभन्दा बढी ४८.३५ प्रतिशतले घटेको छ। गत कात्तिक १४ गते प्रतिकित्ता १५८० रुपैयाँ रहेको नबिलको सेयरभाउ आज ८१६ रुपैयाँ कायम भएको छ।
यस्तै सबैभन्दा कम हिमालयन बैंकको सेयरभाउ घटेको छ। यो बैंकको सेयरभाउ ८.६ प्रतिशतले मात्रै घटेको हो। २०७८ वैशाखमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच आपसमा गाभिने सम्झौता भएपछि दुुवै बैंकको सेयर कारोबार रोक्का भएको थियो। तर, अन्तिम समयमा विविध कारणले यी दुुई बैंकको मर्जर भाँडिएको थियो। झन्डै एक वर्ष रोक्का रहेको कारोबार गत जेठ २३ मा खुुलेको थियो। उक्त दिन हिमालयको सेयर भाउ प्रतिकित्ता ३५८.९ रुपैयाँमा खुुलेको थियो भने हाल घटेर प्रतिकित्ता ३२८ रुपैयाँ कायम रहेको छ।
सेयर बजारमा सबैभन्दा सस्तो सेयर सिटिजन्स बैंकको छ। यो बैंकको सेयरभाउ प्रतिकित्ता १९० रुपैयाँ रहेको छ।
यस्तै दोस्रोमा सबैभन्दा कम मूूल्य सनराइज बैंकको रहेको छ। प्रतिकित्ता १९९ रुपैयाँमा यो बैंकको अन्तिम कारोबार भएको छ।
लगानीकर्ताको बढी रोजाइमा पर्ने नबिल बैैंकको सेयरभाउ सबैभन्दा उच्च रहेको छ। बैंकको अन्तिम कारोबार प्रतिकित्ता ८१६ रुपैयाँमा भएको छ।
हाल कारोबारमा रहेका वाणिज्य बैंकहरुमध्ये कसको सेयरभाउ कति ?
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19