काठमाण्डौ । कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भएका १६३ जनालाई पुुन कोरोना संक्रमण देखिएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरु यसो हुुनु पछाडिको रहस्य सुुल्झाउन लागिपरेका छन् ।
यसको जानकारी कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले(केसीडीसी) दिएको हो । कोरियाको जस्तै चीनमा पनि कोरोनाबाट निको भएकालाई पुुनः संक्रमण देखिएको थियो, जसको कुुनै पनि आधिकारीक आँकडा छैन ।
यसबाट एउटा प्रश्न उब्जेको छ कि–के कोरोना संक्रमितमा फेरि पनि संक्रमण उब्जन सक्छ ? केसीडिसीले शुुक्रबार दिएको जानकारीका अनुुसार कोरियामा पुुन संक्रमणको अनुुपात कम रहेको छ । कोरियामा ७८२९ जना कोरोनाबाट मुुक्त भएकामध्ये २.१ प्रतिशतमा पुुनः कोरोना संक्रमण देखिएको छ । तर कोरोनाबाट मुुक्त भएका कति जनाको पुुनः जाँच गरियो भनेर कुुनै स्पष्ट जानकारी दिइएको छैन।
विश्वभर पुुनः कोरोनाको जाँच गरिएकामा संक्रमण देखिएपछि यो सबैतिर चासोको विषय बनेको छ । अधिकारीहरुले कारोना नियन्त्रणमा आएको बताएको दक्षिण कोरियामा पनि यो चासोको विषय बनेको छ ।
केसिडीसीका डिप्युुटी डाइरेक्टर कोवन जुुन वुुकका अनुुसार पुुनः पोजेटिभ देखिएकाहरु संक्रामक भएको कुुनै पनि संकेत देखिएको छैन । यद्यपि तिनीहरुमध्ये ४४ प्रतिशतमा हल्का लक्षणहरु देखिएका थिए । तथापि उनले चेतावनी दिए कि कयौं वैज्ञानिकहरुलाई यो भाइरसबारे त्यति धेरै थाहा छैन, जसमा प्राकृतिक रुपबाट प्राप्त प्रतिरक्षाको मुुद्धा पनि समावेश छ ।
“कोभिड १९ हामीले बितेका दशकहरुमा सामना गरेका प्याथोगोनहरुमा सबैभन्दा धेरै चुुनौतिपूर्ण हो । यो एकदमै कठीन र चुुनौतिले भरिपूर्ण शत्रुु हो ।” उनले भने ।
भाइरसको अवशेषको खोजी
रिटेस्टमा पुुनः संक्रमण देखिएको विषयले परीक्षणले भाइरसको अवशेषहरु देखाइरहेको व्याख्या गर्न सकिन्छ । केसिडीसीले कोरोनाबाट मुुक्त भएका एकै परिवारका तीनजना माथि पुुनः कोरोना संक्रमण देखिएको विषयको पुुनः छानबिन गरेको छ । यी प्रत्येक केसमा वैज्ञानिकहरुले भाइरसलाई इन्क्युुबेट गर्ने प्रयास गरेका थिए । तर उनीहरु यसमा सफल भएनन् । जसले वैज्ञानिकहरुलाई पुुनः संक्रमित भएकाहरुमा लाइभ भाइरस नभएको जानकारी दिएको थियो।
विश्वका अन्य देश जस्तै दक्षिण कोरियाले पनि परिक्षणका लागि रिभर्स ट्रान्सक्रिप्सन पोलिर्मस चेन रियाक्सन (आरटि–पिरीआर) प्रयोग गरिरहेको छ । आरटि –पीसीआरले बिरामीको नमुुना संकलनबाट भाइरसको जेनेटिक सम्बन्धी जानकारी अर्थात आरएनएको भएको प्रमाण पत्ता लगाउने काम गर्दछ ।
कोवनका अनुुसार यी परीक्षणहरु सम्वेदनशील हुुने भएकाले संक्रमित पूर्ण रुपमा निको भए पनि आरएनएका केही भागहरु फेरि पनि देखाउन सक्छन् । “यो एउटा सम्भावित र बलियो व्याख्या हो ।” उनले भने ।
यस्तै सिद्धान्त चीनका शीर्ष श्वासप्रश्वास सम्बन्धी विज्ञ झोङ नानसानले पनि प्रस्तुुत गरेका छन् । यो साताको सुुरुवातमा एक प्रेस सम्मेलनका क्रममा उनले कोरोनाबाट निको भएका व्यक्तिको शरीरमा भाइरसका अवशेषहरु बाँकी रहेको हुुनाले उनीहरुमा कोरोना पोजेटिभ देखिने बताएका थिए । “म यसबाट धेरै चिन्तित छैन ।” उनले थपे ।
अरु व्याख्याहरु के हुुनसक्छन ?
कोरोनाबाट मुुक्त भइसकेकामा फेरि पनि पोजेटिभ केस देखिनुुमा अरु पनि सिद्धान्तहरु हुुन सक्छन् । जस्तै कि परीक्षणमा देखिने गल्ती र भाइरस फेरि पनि सक्रिय भएको हुुनसक्ने सम्भावना । यदि परीक्षणमा कुुनै गल्ती देखिए त्यसले संक्रमितको गलत पोजेटिभ र नेगेटिभ रिपोर्ट दिन सक्छ । यसो हुुनुुको पछाडि धेरै कारणहरु रहेका छन् ।
यसमा परीक्षणमा प्रयोग गरिएका रसायनमा भएका समस्या र भाइरसले आफूमा यस्तो परिवर्तन ल्याउँदैछ कि जसलाई परीक्षणबाट चिन्न नसकिने सम्भावना रहेको हुुन सक्छ ।
के फेरि संक्रमण देखिएको व्यक्तिले अरुलाई संक्रमण फैलाउन सक्छ?
कोवनका अनुुसार पुुनः कोरोना संक्रमण देखिएकाले अरुलाई पनि संक्रमण सारेको भन्ने प्रमाण अहिलेसम्म देखिएको छैन । “अहिलेको अवस्थामा हामीलाई सेकेन्डरी र टेरीटरी ट्रान्समिसनको त्रास छ जस्तो लाग्दैन ।” उनले भने ।
यस्तै चासो अमेरिकी नागरिकका दिमागमा पनि देखिएको छ । यस्ता चासोको प्रश्न दिने क्रममा ह्वाइटहाउसका कोरोनाभाइरस रेस्पोन्सका कोडिनेटर डेबोरा ब्रिक्सले निको भएका संक्रमितमा संक्रमण फैलाउने आरएनए हुुनसक्ने विषयमा अझै स्पष्ट हुुन बाँकी रहेको बताएका थिए।
कोरोनाभाइरसबाट मुुक्त भएकाहरुलाई केसिडिसरीले फेरी दुुई राता सम्म सेल्फ आइसोलेसनमा रहन सुुझाव दिएको छ ।
भाइरसबाट निको भएका व्यक्तिको शरीरले एन्टीबडिज् उत्पादन गर्ने काम गर्दछ । एन्टीबडिज्ले उही भाइरसबाट पुुनः संक्रमित हुुनबाट बचाउने भएकाले शरीरका लागि यो महत्वपूर्ण हुुने गर्दछ । किनकी शरीरले भाइरससँग कसरी लड्ने भनेर थाहा पाइसकेको हुुन्छ ।
कोरोनाबाट मुुक्त भएकाहरुमा फेरी पनि संक्रमण देखिएपछि उनीहरुमा एन्डीबडीज्ले कसरी काम गर्छ भनेर चासो बढेको छ ।
-सिएनएन
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago