काठमाण्डौ । कोरोनाभाइरसबाट निको भएका व्यक्तिहरुमा यसको असर लामो समयसम्म रहिरहने अनुुसन्धानकर्ताहरुले बताएका छन्। 

चीनका अनुुसन्धानकर्ताहरुले कोरोनाबाट निको भएकाहरुको फोक्सो, मुुटुु र कलेजोमा लामो समयसम्म असर देखिइरहने बताएका हुुन्। अनुुसन्धानकर्ताका अनुुसार यो भाइरसले शरीरको कयौँ भागमा आक्रमण गर्ने भएकाले आँखाको नानीदेखि लिएर खुुट्टाको औँलासम्म प्रभाव पार्नेछ। 

चीनको नेसनल हेल्थ कमिसनले पनि कोरोनाभाइरसबाट निको भएका बिरामीहरुलाई चेतावनी दिएका छन्। चिनियाँ अधिकारीहरुले कोरोनाबाट मुुक्त भएकाहरुका लागि निर्देशिका जारी गर्दै यसले शरीरका विभिन्न अंग, मांसपेशी र मस्तिष्कमा असर पार्न सक्ने भन्दै सचेत बनाएका छन्। 

निर्देशिकाअनुुसार कोरोनाबाट मुुक्त भएकाहरुको फोक्सो र मुुटुुमा हुुने नोक्सान रोक्नका लागि भविष्यमा उपचार आवश्यक पर्नेछ। केही यस्ता व्यक्तिहरु पनि हुुनेछन् जसले मांसपेशी र मनोवैज्ञानिक उताबचढावको सामना गर्नुुपर्ने हुुन सक्छ। 

चिनियाँ डाक्टरहरुका अनुुसार कोरोनाबाट गम्भीर रुपमा प्रभावित बनेर निको भएकाहरुमा भविष्यमा यसको असर पनि गम्भीर देखिनेछ। 

नेसनल हेल्थ कमिसनका अनुुसार कोरोनाका बिरामीहरुमा डिप्रेसन, अनिद्रा, इटिङ डिस अर्डर र मानसिक समस्याहरुको सामना गर्नुुपर्ने हुुन सक्छ। 

त्यस्तै किड्नी इन्टरनेसनल मेडिकल जर्नलमा प्रकाशित अनुुसन्धानमा कोरोना र किड्नी फेलबीच अन्तर्सम्बन्ध रहेको पाइएको जनाइएको छ। – एजेन्सी