काठमाण्डौ । केही देशहरुमा कोरोनाभाइरस संक्रमित निको भए पनि फेरि बिरामी थालेका छन्। आखिर यस्तो किन भइरहेका छन् किन निको भइसकेकाहरु पुनः संक्रमित हुन थालेका छन् ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की टेक्निकल लिडर मारिया व्यान केरखोवले निको भएका संक्रमितको फोक्स स्वस्थ त हुन्छन् तर त्यहाँ रहेका मृत कोशिका अझै पनि अस्तित्वमा रहने सम्भावना रहने बताएकी छन्। उनले भनिन्, ‘त्यही कारणले पुनः स्वास्थ्य परीक्षण गर्दा निको भइसकेका मानिसमा पुनः कोरोना पोजेटिभ देखिन्छ तर ती व्यक्ति संक्रमित भएका भने हुँदैनन्।’

मारियाले अहिले पनि वैज्ञानिकहरु कोरोना संक्रमणपछि मानिसमा इम्युनिटी कुन हदसम्म मजबुत हुन्छ भन्ने विषयमा जान्ने कोसिस गरिरहेको बताइन्। 

मारियाले यो भाइरसको सुरुआत चमेरोबाटै भएको दाबी गरिन्। ‘तर चमेरोबाट यो भाइरस कसरी मानिससम्म प’यो भन्ने विषयमा यकिन तथ्य अहिलेसम्म फेला परेको छैन’, उनले भनिन्।