काठमाण्डौ । सरकारले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणको नाममा निजी अस्पताल र चिकित्सकहरुको मनोवल घटाउने व्यवहार गरेकोमा आपत्ति जनाएका छन् ।
भदो ५ गतेको दिन एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयुक्त बैठकले नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनी नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको हो ।
अफिनका अध्यक्ष बसन्तकुमार चौधरी तथा नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसेको बैठकले ४ बुँदे निर्णय गरेको हो ।
बैठकले मुलुकमा कोभिड(१९ को महामारीको चपेटामा रहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरी सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको प्रष्ट पार्ने निर्णय गरेको छ ।
यस्तै, नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ ।
'राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको र यस्तो भयावह स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरियो । साथै नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनि नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कोभिड-१९ महामारीको यो स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आफ्नो साधन श्रोतको अधिकतम उपयोग गरी सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago