काठमाण्डौ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन र निजी क्षेत्रबाट संचालित ल्याब संचालकहरुले नागरिकको स्वास्थ्य परीक्षणमा बाधा पर्ने खालको कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, ल्याबहरुले उठाएका कतिपय मागको विषयलाई वार्ताको माध्यमबाट निश्कर्षमा पुर्याइदिन सरकारलाई आग्रह पनि गरेका छन् ।
असोज १६ गते शुक्रबार निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) तथा पीसीआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्याबहरु तथा अस्पतालहरुबीच बसेको वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा बाधा पर्ने खालका कुनै पनि निर्णय गर्नुअघि पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चबोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध गरेको हो ।
अफिनले जारी गरेको एक विज्ञप्तिका अनुसार निजी क्षेत्रका ल्यावहरुले उठाएका मागहरु नाजायज नरहेका, तर यो क्रममा नागरिकको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा बैठकले जोड दिएको छ । ‘अहिलेको विषम परिस्थितिमा निजी ल्याबले माग राखेको विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्नेतर्पm विशेष जोड दिंदै पीसीआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन जोडदार माग गर्दछ ।’अफिनका अध्यक्ष बसन्त चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अफिनले अहिले देखिएको गतिरोध अन्तका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र निजी ल्याब संचालकबीच वार्ताको वातावरण बनाई समस्या समाधानको पहल गरिदिन अफिनले सरकारलाई आग्रह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19