काठमाण्डौ । सरकारले उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धकमा नियुक्त गरेको हो। उनको कार्यकार चार वर्षको हुनेछ।
महाप्रबन्धका लागि न्यौपानेसँगै ध्रुवबहादुर देउवकोटा र भुपेन्द्रप्रसाद अर्याल पनि सिफरिस गरिएका थिए। देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धकबाट रिटायर्ड भएका हुन् भने अर्यालसँग विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध थिए।
अन्ततः न्यौपानेलाई नै सरकारले महाप्रबन्धकमा नियुक्त गर्यो। न्यौपानेसँग विभिन्न व्यावसायिक संस्थाहरुमा आबद्ध भएर काम गरेको लामो अनुभव छ। उनी अहिले नेपाल व्यावासयिक पहल (एनबीआई) का सचिवसमेत हुन्। उनी दशक बढी समयसम्म विभिन्न बैंक तथा फाइनान्समा सञ्चालकको अनुभव पनि छ। उनले अटोमोबाइल र हस्पिटल एसोसिएसनलगायतका संस्थामा पनि काम गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19