काठमाण्डौ । ललितपुरको एक अस्पतालमा कार्यरत १३ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
निदान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी लगायत १३ जनामा एकैपटक संक्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाभित्र २०५ जना संक्रमित थपिएका थिए । तीमध्ये ललितपुरका मात्रै ५० जना थिए । तिनै ५० मध्ये १३ जना निदान अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी हुन् ।
स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि हाल निदान अस्पताल सिल गरिएको छ । त्यहाँको सबै सेवा ठप्प भएका छन् ।
संक्रमित कर्मचारी तथा स्वास्थ्यकर्मीमध्ये केहीलाई अस्पतालमै आइसोलेटेड गरी रेखदेख भइरहेको छ भने केही घरमै सेल्फ आइसोलेसनमा बसेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago