काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)का नवनिर्वाचित अध्यक्ष अनुज अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

उनले पुस १९ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

अग्रवाल बैंकको पौष १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट  निर्वाचित भई सोही दिन बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा नियुक्त भएका हुन् । 

सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिमल्सिना, बैक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक डा शतेन्द्र तिमिल्सिना, गभर्नर कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटा समेतको उपस्थिती  थियो ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट सञ्चालक रत्न राज बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र कम्पनी सचिव इश्वरबन्धु गौतमको उपस्थिती थियो ।