 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आईपीओमा आज शुक्रबारदेखि खुला गरिएको छ।
यो आईपीआमा सर्वसाधारणका अचाक्ली आकर्षण देखिएकै कारण एनआईबीएल एस क्यापिटल लिमिटेडले भोलि शनिबार पनि डिम्याट सेवा प्रदान गर्न कार्यालय खुला गर्ने भएको छ। भोलि बिहान १० बजदेखि २ बजेसम्म डिम्याट सेवासम्बन्धी कार्य गर्न लागि कार्यालय खुला गर्ने निर्णय गरिएको क्यापिटलले जनाएको छ।
क्यापिटलले भोलि कार्यालयबाट डिम्याट खाता खोल्ने र नवीकरण गर्ने कार्य हुने जनाएको छ। त्यस्तै भोलि मेरो सेयर दर्ता र नवीकरण हुने पनि क्यापिटलले जनाएको छ।
निफ्राको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नै रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19