काठमाण्डौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु सञ्चालन गर्न थालेको छ।
यसका लागि कनेक्ट आईपीएस आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो। नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा अब निफ्रा पनि पनि जोडिएको हो।
यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो। जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago