काठमाण्डौ । निम्बस नेपालले इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरका सबै उपलब्ध मोडलको आधिकारिक बिक्री सुरू गरेको छ।
काठमाण्डौको पुल्चोकस्थित सोरूममा एक कार्यक्रमबीच ओकाया स्कुटरको बिक्री सुरु गरिएको हो।ओकाया स्कुटर नेपालको दुईपांग्रे सवारीयात्रा गर्ने तरिकालाई पुनः परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ।
एक पटकको चार्जमा १४० देखि १६० किलोमिटर रेन्ज र ७० किलोमिटर प्रतिघण्टाको उच्च गति दिने ओकाया स्कुटरले भरपर्दो, लागतमैत्री र आनन्ददायी सवारीको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दाबी छ।
यो स्कुटरमा तीन वर्षको वारेन्टी रहेको छ।ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै रङ तथा तीन वटा फरक मोडलमा उपलब्ध छ। जसको मूल्य २ लाख ४० हजार रुपैयाँदेखि ३ लाख ७५ रुपैयाँ हजारसम्म रहेको छ।
सो अवसरमा कम्पनीका निर्देशक प्रदीपकुमार अग्रवालले ओकायाको सुरुवातसँगै सबैभन्दा सुरक्षित इस्कुटर नेपालमा भित्र्याएको र यसको विशिष्ट र भरपर्दो सुरक्षा सुविधासँगै उपभोक्ताको ठूलो समूहलाई अपिल गरेको बताए ।
उनले भने,‘किफायती मूल्यमा पाइने ओकाया स्कुटर उपभोक्ताका लागि उत्तम विकल्पका रूपमा देखा पर्नेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago