काठमाण्डौ । गृह मन्त्रालयले नियमविपरीत बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घन्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरीत सेवासुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो।

विज्ञप्तिमा बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले उक्त कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने स्पष्ट पारिएको छ।