काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ।

दैनिक व्यायाम गर्नेहरुमा एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम (श्वासप्रश्वासमा हुने गम्भीर समस्या) को कम खतरा हुन्छ। जसले कोरोनाभाइरसका संक्रमित धेरैजसो ज्यान जान्छ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार नियमित व्यायामले एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम (एआरडीएस) को एउटा सम्भावित उपचार हुन सक्छ। जर्नल रेडोक्स बायोलोजीमा प्रकाशित अध्ययनको समीक्षा नियमित व्यायामले एआरडीएसको गम्भीरता रोक्न वा कम गर्न सहयोगी हुन्छ। 

शोधकर्ताहरुका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अनुमान यो छ कि कोरोनाभाइरसबाट बिरामी परेर अस्पताल भर्ना भएका २० देखि ४२ प्रतिशतको एआरडीएस विकसित हुन्छ। जसका कारण आईसीयूमा भर्ना हुने बिरामीको संख्या ६७ देखि ८५ प्रतिशत रहेको छ। 

शोधकर्ताहरुका अनुसार गम्भीर एआरडीएसको समस्या भएका लगभग ४५ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। 

युनिभर्सिटी अफ भर्जिनिया स्कुल अफ मेडिसिनका जेन यानका अनुसार अहिले यो भाइरसबाट जीवित रहन कि त स्वस्थ मानिसले सामाजिक दूरी काम गर्नुपछ कि त गम्भीर बिरामी परेपछि भेन्टिलेटरमा निर्भर रहनुपर्छ। यान भन्छन्, ‘त्यसैले यो संक्रमणबाट बाँच्नका लागि सामाजिक दूरीसँगै नियमित व्यायाम गर्नु उपयुक्त हुन्छ।’ 

अनुसन्धानले व्यायामले एन्टीआक्सिडेन्ट उत्पादन बढाउन सक्छ। यान भन्छन्, ‘हामी सधैँ आइसोलेसनमा बस्न सक्दैनौँ। त्यसैले नियमित व्यायाम गरी आफूलाई स्वस्थ राखौँ, यो नै फाइदाजनक हुन्छ।’ – एजेन्सी