काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारीले नियामक निकायहरु सेयर बजारलाई नियमनभन्दा पनि नियन्त्रणतर्फ लागेको आरोप लगाएकी छन्।
नेपाल उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा महासचिव तिवारीले यस्तो आरोप लगाएकी हुन्। ‘पुँजीबजार र त्यसलाई पार्ने प्रभाव नियामकले नबुझेको देखिन्छ’, उनले भनिन्।
सेयर बजारको पछिल्लो अवस्थाबारे तिवारीले चिन्ता पनि व्यक्त गरिन्। ‘कतिपय गृहिणीहरुले श्रीमानले विदेशबाट पठाएको पैसा सेयर बजारमा लगानी गरेका छन्, अहिले घटेर आधा भएको छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा अब के गर्ने भन्ने अन्यौल सिर्जना भएको छ।’
पुँजीबजारमा देखिएका अहिलेको समस्याका विषयमा सबैलाई थाहा रहेको तिवारीले बताइन्। ‘तर, समाधानतर्फ नियामक नलागेको देखिन्छ’, उनले भनिन्, ‘समस्या समाधानका लागि नियमकले उपाय निकाल्नुपर्यो।’
महासचिव तिवारीले सेयर शिक्षा व्यवहारिक रुपमा दिन आवश्यक रहेको पनि बताइन्।
यसैगरी तिवारीले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने पनि बताइन्। ‘यो आमलगानीकर्ताको माग हो’, उनले भनिन्।
अर्का लगानीकर्ता हरि ढकाल सीमित व्यक्तिलाई तह लगाउन राष्ट्र बैंकले ल्याएको ४–१२ क्यापले समग्र बजार प्रभावित भएको आरोप लगाए। ‘बजार ५–१० जनालाई ठिक गराउन ४–१२ को क्याप लगाइयो’, उनले भने, ‘यहाँ गोजीबाट पोलिसी ल्याइन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago