काठमाण्डौ । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटेर नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको हो ।
छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए ।
अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिन समेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे ।
छलफलमा अर्थमन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने विषयमा आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए । व्यवसायमैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थमन्त्रीले विश्वास दिलाए ।
अर्थमन्त्रीसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहित निर्वतमान अध्यक्ष हरिभक्त शर्मा र अन्य बरिष्ठ उद्योगपति व्यवसायीहरुको उपस्थिति थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago