काठमाण्डौ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले शिक्षण संस्थालाई ४ दिन बिदा दिने निर्णय गरेको जानकारी गराएको हो। सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।
शिक्षण संस्थालाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय तथा सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय सरकारले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago