काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकामा मेयर पदका लागि उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

एउटा सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्ताप्रति लक्षित अभिव्यक्तिका विषयमा आयोगले स्थापितलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो।

यस विषयमा सत्यतथ्य कुरा २४ घन्टाभित्र पेस गर्न आयोगले पत्र काटेको छ। 

गत वैशाख १५ गते भएको एक कार्यक्रममा स्थापितले एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति ‘तपाइँले भन्नुभएको हो कि होइन ? भनेको भए आचारसंहिता विपरीत भयो कि भएन ?’ भन्ने प्रश्नको स्पष्टीकरण दिन भनेर स्थापितलाई पत्र पठाइएको आयोगले जनाएको छ।