काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। यो अवधिमा राति ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइने निर्णय पनि गरिएको छ।
उपत्यका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि भोलि साउन २७ गते राति १२ बजेबाट सकिँदैछ।
भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड संक्रमणको जोखिम कम भइनसकेकोले निषेधाज्ञाको अवधि भदौ ८ गतेसम्म लम्बाउने निर्णय भएको जानकारी दिए।
‘थप गरिएको निषेधाज्ञाको अवधिमा यसअघि नै निर्णयहरुलाई निरन्तरता दिइएको छ’, भट्टराईले भने, ‘तर थप गरिएको निषेधाज्ञामा राति ८ बजे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। अब राति ८ बजेभित्र गन्तव्यमा सवारीसाधन पुगिसक्नुपर्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19