काठमाण्डौ । निषेधाज्ञा खुकुलो भएकै दिन काठमाण्डौ जिल्लामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै ४९५ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

काठमाण्डौ बाहेक उपत्यकाका अन्य जिल्ला ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित फेला परेका छन् । 

पछिल्लो २४ घण्टा देशभर ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ । योसहित हालसम्मको पीसीआर परीक्षण भएको कुल संख्या ८ लाख १० हजार ४८५ पुगेको छ । 

हाल देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । ५ हजार ८ सय भन्दा बढी क्वारेन्टिनमा छन् भने संक्रमितमध्ये ६ हजार ४३८ होम आइसोलेसनमा छन् ।