काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरुसँग आग्रह गरेका छन्। 

प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि आफ्नो टिप्पणी राख्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्को आलोचना गर्दै यसलाई समर्थन नगर्न सांसदहरुसँग आग्रह गरेका छन्। 

ओलीले नीति तथा कार्यक्रम कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको दाबी गरे। ‘यो नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न हुँदैन’, उनले भने। 

यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन तथा पुनर्लेखन गरेर ल्याउन पनि ओलीले सरकारलाई आग्रह गरे।