 
                     
                                
                             
                                    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जबाफ आज दिने भएका छन्।
प्रतिनिधिसभाको बैठकमा आज बिहान ११ बजे बस्दैछ। सोही बैठकमा प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन लागेका हुन्।
संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री दाहालले जबाफ दिने उल्लेख छ।
प्रधानमन्त्रीको जबाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ।
सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19