काठमाडौँ । नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदमा विक्री नभएको शेयर लिलामीमा विक्री गर्न आवदेन खोलेको छ ।
 
इन्स्योरेन्सले ९९ हजार ९ सय ४९ दशमलव ११ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
 
इच्छुक आवेदकले वैशाख ११ बाट २६ गतेसम्म आवदेन दिन सक्ने व्यवस्था गरिएको छ । न्यूनतम १ सय रुपैयाँमा खरीदका लागि आवदेन गर्न पाइने इन्स्योरेन्सको दास्रो बजार मूल्य ६ सय ३० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको छ । तर लिलामी भनेको जसले बढी रुपैयाँमा खरीद गर्नका लागि आवेदन गर्छ सोही आवेदकलाई प्रदान गरिने भएकाले १ सय रुपैयामा आवेदन गर्ने आवेदकले नै प्राप्त गर्ने ग्यारेन्टी भने हुँदैन । 
 
न्युनतम १ सय कित्ताका लागि आवेदन गर्न सकिने लिलामीमा अधिकतम सबै शेयर पनि आवेदन गर्न पाइने जानकारी इन्स्योरेन्सले दिएको छ । तर ४ हजार ६३ कित्ता शेयर भने संस्थापक तर्फका शेयरधनीले हकप्रद खरीद नगरेकाले उक्त शेयर आवेदन गर्न लागि भने संस्थापक शेयरधनी नै हुनुपर्ने छ । 
 
इन्स्योरेन्सको विक्री प्रबन्धक रहेको एनएममी क्यापिटलमा शेयर खरीदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । इच्छक आवेदकले आफूले खरीद गर्न चाहेको रकम एनएमबी बैंकमा रहेको खातामा जम्मा गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 
 
इन्स्योरेन्सले ३९ करोड २० लाख रुपैयाँ बराबरको ५० प्रतिशत हकप्रद शेयर विक्री  गरेको थियो । हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड कायम हुनेछ ।