काठमाण्डौ । नेको इन्स्योरेन्सले शुक्रबार(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ३९ लाख २० हजार ९ सय २८ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । 

हकप्रदमा आगामी चैत १ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल रहेको छ । 

माघ ८ गतेसम्म कायम सेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन पाउने बताइएको छ । 

इच्छुक सेयरधनीले आस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, एनएमबी क्यापिटलको मुख्य कार्यालय, एनएमबी बैंकका सबै शाखा कार्यालयबाट समेत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

हाल कम्पनीको चुक्तापूँजी ७८ करोड ४१ लख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापुँजी बढेर १ अर्ब १७ करोडको उचाईमा पुुग्नेछ । 

कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५७० रुपैयाँ रहेको छ ।