काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले ४ लाख बढी कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।

संस्थाले मंसिर २ गतेदेखि संस्थापक समूहको ४ लाख १४ हजार ६२.१२ कित्ता सेयर बोलपत्रमार्फत बिक्री गर्ने भएको हो । विद्यामान संस्थापक सेयरधनीहरुलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले सेयर खरिदका लागि गोप्य शिलबन्दी पेस गर्न सक्नेछन् ।

संस्थाले बोलपत्रमार्फत बिक्री गर्न लागेको सेयरको न्यनूतम प्रतिकित्ता मूल्य २८५ रुपैयाँ तोकेको छ । यसको अर्थ लगानीकर्ताहरुले प्रतिकित्ता रु २८५ रुपैयाँमाथिको दरदरेट राखेर बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम ४ लाख १४ हजार ६२.१२ कित्ताका लागि आवेदन दिन सकिनेछ । रु १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु १० लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले मंसिर १८ गते अपराह्न ३ बजेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।