काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारिगत गरेको हो। हकप्रद सेयरको हदसम्म जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

गत भदौ २९ गते बसेको बैठकले विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।  कम्पनीको हालको जारी तथा चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद सेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।