काठमाण्डौ। नेको इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफा यसवर्ष वितरण नगरि सञ्चित गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले उक्त निर्णय अनुसार नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र स्वीकृत भएर आएपछि अनुमोदनको लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको  छ।

कम्पनीले अघिल्लो आव २०७८/७९ मा सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।