काठमाण्डौ । नेपालका एक जनस्वास्थ्य विज्ञमै कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा चिकित्सकमा कोरोना संक्रमण फेला परेको यो पहिलो घटना हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नमूना परीक्षणको क्रममा ललितपुर बस्दै आएका जनस्वास्थ्य विज्ञमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना देखिएका ती डाक्टर हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग टेकूमा जनस्वास्थ्य विज्ञको रुपमा कार्यरत छन् ।
उनी पाँच दिनअघि कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएका थिए । त्यसपछि उनी होम क्वारेन्टाइनमै बसिरहेका छन् ।
ती विज्ञ अन्य कुनै अस्पतालमा काम गर्ने डाक्टर होइनन् । कोरोना संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago